ओलीको चुनौति–एमाले विरुद्ध चुनावमा सबै मिले हुन्छ



धन बस्नेत, पोखरा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई कमजोर बनाउन ल्याइएको संविधान संशोधनलाई स्वीकार गर्न नसकिने बताएका छन् । संविधान संशोधनले देशलाई कमजोर बनाउने भन्दै उनले त्यसको विरुद्ध एमाले लडिरहने स्पष्ट पारे ।
‘संविधान फाष्ट ट्रयाकबाट ल्याइएको होईन् ।’ उनले पोखरामा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै भन कुनै पनि हालतमा संशोधन हुँदैन ।’ संविधानले सबैको हकअधिकार दिएको उल्लेख गर्दै संशोधन नभई चुनाव हुन दिन्न भन्नेलाई जनताले नै कारवाही गर्ने स्पष्ट पारे ।
मेची महाकाली अभियानबाट देश नै एमालेमय भएको दावी गर्दै अध्यक्ष ओलीले हारिन्छ कि भन्ने डर र पिरले चुनाव हुन नदिने षडयन्त्र गरिरहेको दावी गरे । ‘एमालेलाई रोक्ने रणनीति भनेको एकमात्र विकल्प चुनाव रोक्नु हो ।’ उनले भने– ‘एमाले विरुद्ध चुनाव लड्न सबै मिल्नुस ।’ उनले स्वस्थ्य प्रतिस्पर्धाको लागि एमाले तयार भएको समेत जिकिर गरे ।

नेता ओलीले नेपाली काँग्रेस पहिला ठिकै भएपनि अहिले सिङ्ग पलाएको बताए । ‘काँग्रेसको सिङ्ग पलाएको छ । बाह्र सिङ्ग भएको छ ।’ उनले भने—‘त्यो सिङ्ग अहिले झाडीमा अडकिएको छ ।’ उनले आईजिपी नियुक्त प्रकरणमा काँग्रेसको राजनीतिक हस्तक्षेप विरुद्ध कटाक्ष गरे । सरकारले आईजिपी र महान्यायधिवक्ता नियुक्त गर्न सकेको प्रति पनि उनले सरकारको कमजोरी रहेको औंल्याए ।

प्रतिक्रिया दिनुहोस्