माग भन्दा चौगुना म्यादी प्रहरीमा आवेदन



ईन्द्र गिरी, संखुवासभा ।
संखुवासभा जिल्लामा माग गरिए भन्दा चौगुना बढि म्यादी प्रहरीमा आवेदन परेको छ । स्थानिय तह निर्वाचनकालागी संखुवासभा जिल्लाबाट करिव ५ सय जनाको माग रहे पनि १ हजार ९ सय ९३ जनाको आवेदन परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय खादवारी र ईलाका प्रहरी कार्यालय चैनपुरमा चैत्र ११ देखि १७ गते सम्म लिएको आवेदनमा महिला तर्फ २ सय ५४ र पुरुष तर्फ १ हजार ७ सय ३९ जनाको आवेदन परेको बताईएको छ । आवेदन दिनेहरु पुर्व सुरक्षाकर्मी , पुर्व म्यादी प्रहरी र जिल्लावासी युवा युवति रहेका छन । म्यादी प्रहरीमा साधरण लेख पढ देखि विए पास गरेका सम्म युवा युवति रहेको छन । अधिंकास आवेदन दिने एस एलसि पास गरेका छन ।

आजै वाट म्यादी प्रहरीको छनौट प्रकृया शुरु गरिएको प्रहरी नायव उपरिक्षक गौतमकुमार केशीले बताउनु भयो । म्यादी प्रहरीको छनौटमा लिखित, मौखिक, स्वास्थ्य परिक्षण, प्रक्टिकल, लगायत प्रकृयाबाट छनौट गरिने प्रहरी नायव उपरिक्षक केशीले बताउनु भयो । उहाले पहिलो प्राथमिकता पुर्व सुरक्षा निकायमा काम गरेका र पुर्व म्यादी प्रहरी र वाकि सर्व साधरणलाई म्यादी प्रहरीमा लिईने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्