वेवारिसे महिलाले छोरी जन्माईन



नेपाल समाचारपत्र, झापा ।
मानसिक सन्तुलन गुमाएकी वेवारिसे एक महिलाले छोरी जन्माएकी छिन् । झापाको मेची नगरपालिका साविक वाहुण्डागी ४ स्थित भृकुटी बजारमा गएराती खाली टहरामा ती महिलाले छोरी जन्माएकी हुन् ।

घटना पश्चात स्थानीयबासी, बाहुण्डागी महिला कृषि सहकारी संस्था, महिला तथा बालबालिका कार्यालयका सामाजिक परिचालीका लगायतको सहयोगमा उद्धार गरी शुक्रवार मेची अञ्चल अस्पताल भद्रपुरमा ल्याइएको छ । अन्दाजी २५ बर्षिय नाम ठेगाना बताउन नसक्ने महिला १० दिनदेखि भृकुटी बजारको देखिने गरेको समाजिक परिचालीका पवित्रा काफ्ले बताइन् ।

छोरा मान्छेलाई देख्न साथ भाग्ने अन्यलाई ढुंगाले आक्रमण गर्ने र उनी माथि सोधपुछ गर्दा हिन्दी झाषामा बोल्न खोजेपनि आफ्नो बारेमा बताउन नसक्ने काफ्लेको भनाई छ । गर्भवती महिलालाई सो क्षेत्रमा देखेपछि स्थानीयले उनी माथि निगरानी गरिरहेको अवस्थामा नवजात शिशुको जन्म दिएपछि अत्याधिक रत्तश्राप भएका कारण शिशुसहित महिलालाई अस्पताल पु¥याइएको महिला तथा बालबालिका कार्यालय निरीक्षक जिवनकला राउतले बताइन् ।

झापा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको बाल कल्याण समिति मार्फत ती शिुशलाई संरक्षक तोकेर जिम्मा लगाइने र वेवारीसे महिलालाई महिला तथा बालबालिका कार्यालयको सिफारीसमा भद्रपुरस्थित मानवअधिकारको लागि एकल महिला भवन राखिने राउतले बताइन् ।

प्रतिक्रिया दिनुहोस्