बाघको छाला र भालुको पित्त सहित पक्राउ



नेपाल समाचारपत्र, काठमाडौं ।

प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले बुधबार कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–३ बोराडाडीबाट संरक्षित बन्यजन्तु बाघको छाला १ थान सहित डडेल्धुरा परशुराम नगरपालिका–४ बस्ने १८ बर्षीय सनम जयकर भन्ने सनम जागरीलाई पक्राउ गरेको छ ।
त्यस्तै संरक्षित बन्यजन्तु भालुको पित्त १ थान सहित काठमाडौँ महानगरपालिका–८ गुहेश्वरीबाट प्रहरीले विहीबार भोजपुर साम्पाङेग–६ बस्ने ३४ बर्षीय बमबहादुर तामाङ र सिन्धुली लामपनटार–४ बस्ने ३२ बर्षीय सुर्य श्रेष्ठलाई पक्राउ गरेको छ ।
प्रहरीले बाघको छाला सहित पक्राउ परेका जागरीलाई जिल्ला बन कार्यालय कैलालीमा र भालुको पित्त सहित पक्राउ परेका तामाङ र श्रेष्ठलाई जिल्ला बन कार्यालय काठमाडौमा आवश्यक कानूनी कारवाहीको लागि बुझाएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्