म्यादीमा भुकम्प पीडितको भीड ।



चिरञ्जीवी मास्के, दोलखा ।

दोलखा जिल्लामा म्यादी प्रहरीको लागि १६ सय ७२ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । आवेदन दिने अधिकांश भुकम्प पीडित रहेका छन् ।

दोलखा जिरी नगरपालीकाका झपटबहादुर नेपाली भुकम्पले घर भत्किएको र आर्थिक अभावले अहिलेसम्म घर निर्माण गर्न नसकिएकोले म्यादी प्रहरीमा जागीर खान सके बचेको पैसाबाट घर निर्माणमा सहयोग पुग्ने अपेक्षा रहेको बताउछन् ।

भुकम्पले घर, सम्पत्ति सबै सकिदियो कमाउने अरु उपाए छैन त्यसैले घर बनाउन केहि सहयोग पुग्छ की भनेर म्यादी प्रहरीमा आवेदन दिन आएको हुँ – नेपालीले भने ।

भुकम्पले घर तथा सम्पति गुमाएकी ४७ बर्षिय रोहनी दहाल पनि म्यादी प्रहरीमा आवेदन दिन आएकी छन् । उनी भन्छिन् – म्यादीमा जागीर खान पाए सरकारले दिने अनुदानमा थपथाप गरेर घर बनाउन सकिने थियो की ।

जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार आवेदन दिने अन्तिम दिन विहिवारसम्म १६ सय ७२ जनाले आवेदन दिएकोमा ५ सय ५८ जना महिला रहेका छन् । आवेदनको लागि १८ बर्ष पुरा गरी ५४ बर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने प्रावधान रहेको छ ।

आवेदन दिन युवा युवती र कतिपय पौढ महिला तथा पुरुषहरु समेत आएको प्रहरीले जनाएको छ । शैक्षिक योग्यता आठ पास भए पुग्ने म्यादीको लागि स्नातक गरेका युवायुवतीहरु समेत आएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्