अदालतको फैसलालाई चुनौति दिए देउवाले, आइजीपी नियुक्त गर्ने अधिकार सरकारको हो– देउवा



नेपाल समाचारपत्र, बिराटनगर ।

सरकारले जयबहादुर चन्दलाई आएजीपी नियुक्त गरेकोमा सर्वोच्च अदालतले रद्द गरिदिइसके पछि पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल प्रहरीको आइजीपी नियुक्ति गर्ने अधिकार सरकारको भएको भन्दै घुमाउरो पारामा अदालतलाई जवाफ दिएका छन् ।

अदालतले नवराज सिलवाललाई आइजीपी बनाउनुपर्ने गरी आदेश दिए पनि सरकारले यसबारे कुनै निर्णय गरेको छैन । यसबारेमा पत्रकारले जिज्ञासा राख्दा कांग्रेस सभापति देउवाले आइजीपी नियुक्त गर्ने अधिकार सरकारको भएको बताएका हुन ।

बिराटनगरको हाटखोलमा आयोजित नेपाली कांग्रेसको सभालाई सम्वोधन गर्न बिराटनगर ओर्लिएका सभापति देउवाले विमानस्थलमा आइजीपी प्रकरणबारे बोलेका हुन ।

अदालतको नाम नलिएरै देउवाले आईजीपी बनाउने अधिकार सरकारमा रहेको भन्दै यो विवाद चाँडै सरकारले टुङ्याउने बताए ।

प्रतिक्रिया दिनुहोस्