नगर विस्तारपछि मेयरमा रस्साकस्सी



रोशन पराजुली, हेटौंडा । बैसाख ३१ गते हुने स्थानीय तह निर्वाचन तयारीमा यतिबेला मकवानपुरका दलहरु जोडतोडले लागेका छन् । करिब १९ वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनले यतिबेला हेटौंडालाई निर्वाचनमय बनाएको छ ।
स्थानीय तह निर्वाचनको मिति नजिकि“दै गर्दा मकवानपुरमा उमेदवारहरुबारे छलफल शुरु भएको छ ।

उपमहानगरपालिका, नगरपालिका र गाउ“पालिकामा विभिन्न पार्टीका नेता उमेदवार बन्न छलफल शुरु भएको हो ।
पछिल्लो समय हेटौंडा उपमहानगरपालिकाको मेयर को होला भन्नेमा धेरैको चासो छ । मकवानपुरमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा माले, नया“ शक्तिलगायत पार्टीमा उपमहानगर मेयरका लागि आन्तरिक दौडधुप चलिरहेको छ । पार्टी संस्थागतरुपमा कसलाई उमेदवार बनाउ“दा विजय हासिल गर्न सकिन्छ भनेर आन्तरिक तयारीमा जुटेको छ भने उमेदवारका आकांक्षीहरु आफ्नो पक्षमा सहमति जुटाउन लागिपरेका छन् ।

विशेषगरी कांग्रेस, एमाले र माओवादी केन्द्रमा बढी रस्साकस्सी छ भने राप्रपा, माले, नया“ शक्तिलगायत पार्टीमा कम दौडधुप देखिन्छ ।

संविधानसभामा पहिलोपटक कांगे्रस विजयी भएको क्षेत्र नम्बर १ का साविक हर्नामाडी र हटिया गाविस हाल हेटौंडामा गाभिएपछि कांग्रेस बलियो प्रतिस्पर्धी भएको राजनीतिका जानकारहरु बताउ“छन् ।

राम्रो सांगठनिक प्रभाव रहेको हेटौंडामा बसामाडी, चुरियामाई र हटिया गाभिनु एमालेलाई फाइदाजनक देखिन्छ भने पदमपोखरी गाभिनु राप्रपालाई फाइदाजनक भएको उनीहरुको भनाइ छ । हर्नामाडी जोडि“दा भने कांग्रेसलाई फाइदा पुग्ने जानकारको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्