सेनाले थाल्यो, होल्ड खन्ने काम



सन्तोष अधिकारी, गोरखा ।

नेपाली सेनाले गोरखाको बेनीघाट–आरुघाट हुँदै तिब्बतको सिमाना लार्केभञ्ज्याङ सम्म जोड्ने सडकको काम धमाधम सुरु गरेको छ । सेनाको ६५ जना निर्माण दलका सदस्यहरु र होल्ड खन्ने १० जनाको टोलीले अहिले हावाडाँडा देखि लापु भीरमा बम ब्लास्टका लागि होल्ड खन्ने काम काम गरिरहेको सेनाका इन्जिनियर निशान्त पण्डित क्षेत्रीले जानकारी दिनुभयो ।

उक्त सडक निर्माणका लागि नेपाली सेनाले गोरखाको थुमीको अर्मलामा शिविर नै स्थापना गरेर काम सुरु गरेको हो । बेनीघाट देखि हावाडाँडाको सडक खण्डमा सडक डिभिजन कार्यालयले काम गरिरहेकोले हावाडाँडाबाट सेनाले काम सुरु गरेको हो ।

बाटोको डिपिआर अध्ययन केहि नगरेकोले अहिले सेनाले हावाडाँडा देखि तातोपानी सम्मको १६ किलो मिटर सडकको सर्भे गरिसकेको छ । सेनाले सर्भेको कामलाई पनि अघि बढाइरहेको सेनाका मेजर समेत रहनुभएका क्षेत्रीले बताउनु भयो । ६५ जना निर्माण दल र १० जना होल्ड खोप्ने सिनियर दल गरी ७५ जनाले अहिले काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्