लिनेदिने नै दरिद्र



भारतीय स्थलसेनाध्यक्ष अहिले नेपाल भ्रमणमा रहनुभएको छ। नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दज्र्यानी चिन्ह लिन नेपाल आउनुभएका भारतीय सेनाध्यक्ष बिपिन रावतले नेपाली सेनालाई ७ वटा घोडा उपहार दिएपछि लिने र दिनेको उछितो काडेको धरहराले राम्रोसंग हेर्ने मौका पाएको छ।

विश्वलाई नै हल्लाउने घोषणा गरेको भारतले नेपाललाई दिएको ७ घोडाको उपहारलाई नेपालीले मज्जाकका रूपमा उडाएको देख्दा धरहरालाई उपहार दिने र लिनेको दरिद्रता देखेर दया पनि लागेको छ। हैन नेपाली सेनाले ३३–३४ अर्ब रुपियाँ आफूसंग मौजाद रहेको बताउँदै आएको पनि भारतीय सेनाध्यक्षले दिएको ७ घोडा उपहार गौरवका साथ स्वीकार गरेको देखेर धरहरालाई समेत दया लागेर आयो भन्या। हैन दिने पनि कस्ता हुन् लिने पनि कस्ता हुन्। यो उपहार लिने भए पनि गोप्य रूपमा लिनुपथ्र्यो नि ? प्रधानमन्त्रीले चुनाव खर्च विशाल चीनसँग त १४ करोड लिएर आउने देशमा कसलाई के भन्नु खै। हैन दरिद्रता देखाउने पनि हद हुन्छ नि हैन र भन्या। लिने र दिनेलाई पनि लाज हुने गरी के उपहार लिनु हैन र पाठकबृन्द ?

प्रतिक्रिया दिनुहोस्