वालिङमा बजाजको नयाँ शोरुम



काठमाडौं, (नेस)
पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक एचएच बजाजले आफ्नो कार्यलाई थप बढाउँदै नयाँ शोरुम सन्तोषी स्पेयर पार्टस, स्याङ्जाको वालिङमा सञ्चालनमा ल्याएको छ।

एचएच बजाज आफ्ना ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामग्रीको अधिकतम् मूल्य भुक्तानी गर्नका लागि सधैं प्रतिबद्ध रहेको कम्पनीको दाबी छ। नयाँ शोरुमले ग्राहकलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउनेछ। यसैको माध्यमबाट एचएच बजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने कम्पनीको भनाइ छ। नयाँ शोरुम शुभारम्भ भएको अवसरमा, एचएच बजाजका डिपुटी महाप्रबन्धक योगेन गुरुङले भन्नुभयो–‘हामी स्याङ्जामा नयाँ शोरुम सञ्चालन भएको घोषणा गर्दा निकै खुशी छौं। ग्राहकको बढ्दो मागका कारण हामीले स्याङ्जामा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकलाई विभिन्न फाइदा दिने छ। हामी देशभरी रहेका हाम्रा ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्धछौं। ’

नयाँ शोरुमको शुभारम्भसँगै शोरुमले ग्राहकका लागि आकर्षक पुरस्कारको प्रदान गरेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्