रोनाल्डो विश्वका धनी फुटबलर



पेरिस, (एजेन्सी)
सिजन २०१६⁄१७ मा सबैभन्दा बढी कमाउने खेलाडीमा क्रिस्टियानो रोनाल्डो अग्रपंक्तिमा आएका छन्। एजेन्स फ्रान्स प्रेस (एएफपी) का अनुसार रोनाल्डोले सो सिजनमा ७६ मिलियन पाउन्ड (नेपाली रुपियाँ करिब ९ अर्ब ८८ करोड) कमाएर सबैलाई उछिनेका हुन्। रोनाल्डोपछि उनका स्पेनी लिगका प्रतिद्वन्द्वी लियोनल मेसी रहेका छन्। जसमा उनीहरूबीच करिब १० मिलियन पाउन्डको भिन्नता छ। नेयमार तेस्रो नम्बरमा रहेका छन्। क्लबको तलब, भत्ता र विज्ञापनको कमाइको आधारमा यो सूची तयार गरिएको हो।

प्रतिक्रिया दिनुहोस्