एमालेद्वारा निर्वाचन परिचालन कमिटी गठन



नेपाल समाचारपत्र, हेटौंडा, ।

नेकपा एमाले मकवानपुरले जिल्ला अध्यक्ष मुनु सिग्देलको संयोजकत्वमा २ हजार १ सय ११ सदस्यीय जिल्ला निर्वाचन परीचालन कमिटी गठन गरेको छ । जिल्ला सचिव एवम् प्रचार विभाग प्रमुख एकालाल श्रेष्ठको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार र निर्वाचन कार्यालय ब्यवस्थापन गरी २ वटा उपकमिटी निर्माण गरिएको छ ।

प्रचार विभाग र प्रेस चौतारी सदस्यहरु प्रचारप्रसार कमिटी सदस्य रहने पार्टीले जनाएको छ । मोर्चा विभाग प्रमुख श्रीधर पोखरेलको संयोजकत्वमा आर्थिक, उपसचिव मीना लामाको संयोजकत्वमा स्वयम्सेवक तथा सुरक्षा उपकमिटी निर्माण गरिएको छ ।

मकवानपुरका गाउ“गाउ“मा बैठक, भेला, आमसभा, प्रचारप्रसार कार्यलाई तीव्रता दिइने पार्टी सचिव श्रेष्ठले जानकारी दिए । पार्टीको जिल्ला घोषणापत्र, गाउ“पालिका तथा वडामा पार्टी कार्यालय स्थापना गर्ने निर्णय भएको श्रेष्ठले बताए ।
मकवानपुर एमालेमय बनाउन कार्यकर्तालाई चुनावको तयारीमा लाग्न पार्टीले आह्वान गरेको छ ।

बैठकमा एमाले केन्द्रीय सदस्य केदार न्यौपाने, केन्द्रीय सदस्य एवम् मकवानपुर इञ्चार्ज विरोध खतिवडा, सांसद् अनन्त पौडेल, ३ नम्बर प्रदेश सदस्य रामेश्वर रानालगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्