चर्च बस र ट्रक ठोक्किदा अमेरिकामा १२ जनाको मृत्यु



होस्टन, १७ चैत । अमेरिकाको टेक्सास प्रदेशमा एउटा चर्च बस र ट्रक बुधबार एक आपसमा ठोक्कीदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।

स्थानीय समयअनुसार मध्यरातको १२.२० बजे टेक्सासको मध्यभागमा पर्ने सान एण्टोनियोदेखि १२० किलोमिटर पश्चिम तर्फ दुघटना भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

न्यु ब्रुन्फेल्सको फस्र्ट बप्टीस्ट चर्चबाट १४ जना यात्रु बोकेको चर्च बस चालक मात्रै रहेको पिकअप ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।

टेक्सासको सार्वजनिक सुरक्षा विभागका प्रवक्ताले घटनामा परी गंभिर घाइते भएकाहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

मृतकमध्ये ट्रकका चालकको पनि मृत्यु भएको हो की होइन भन्ने स्पष्ट भइसकेको छैन ।

टेक्सासका गभर्नर ग्रेग अब्बोटीले मृतकप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका आफन्तप्रति सहानुभूति प्रकट गर्नुभएको छ ।

दुःखद् घटनाको बारेमा सार्वजनिक सुरक्षा विभागले अध्ययन अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

दुर्घटनाको ठोस कारण अहिलेसम्म पनि स्पष्ट हुननसकेको स्थानीय अधिकारीहरुले बताएका छन् । रासस-सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्