टेकबहादुरले पाए नयाँ जिवन



 

विमल विष्ट, डोटी ।

डोटीको पश्चिमी क्षेत्रमा पर्ने आर्दश गाउपालिका १ बाझककानीका टेकबहादुर खड्काले नयाँ जिवन पाएका छन् । भारतको मधुरासमा मज्दुरी गरिरहेका खड्कालाई एका एक मानसिक रोग उत्पन्न भएपछि उनि असन्तुलन भएका थिए ।

बिभिन्न ठाउमा उपचार गराएर निको नभएपछि उनि धामी झाक्री गर्न आफनै घर फर्किएका थिए । घरमा धामी झाक्री गराउदा समेत निको नभएपछि उनि थप उपचारका लागि क्षेत्रीय सदरमुकाम दिपायल स्थित शैलेस्वरी अस्पतालमा आई पुगे ।

शैले स्वरी अस्पतालले करिब एक महिना भर्ना गरेर औषधी उपचार गरेपछि मानसिक रोग भएका खड्का अहिले निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्