ठगी मुद्दाका फरार पक्राउ



सहाकरीको रकम ठगि गरी भागेका नुवाकोट थप्रेक गा.बि.स. वडा नं. ९ का रामचन्द्र पण्डीत ताहाचल, काठमाडौं बाट पक्राउ परेका छन ।

काठमान्डौं महानगरपालिका ३४ स्थित पिपुल्स हेल्पफुल बचत तथा ऋण सहाकरी संस्था लि.का बजार प्रतिनिधि रहेका पण्डीतले २०६५ सालको बैसाखदेखि आश्विन महिनासम्ममा उक्त संस्थाका बचतकर्ताहरुबाट संकलन गरेको दुई लाख पचपन्न हजार पाँच सय पच्चीस संस्थामा जम्मा नगरी ठगी गरेका थिए ।

सुचिता मैनालीको जाहेरीले पण्डीतलाई काठमाण्डौं जिल्ला अदालतले भएको ठगी मुद्दामा २०६७ जेठमा २५ गतेको फैसलाले १ वर्ष कैद र जरिवाना ठहरी फैसला गरेको थियो ।

उक्त फैसला वेरुजु रही फरार रहेका निजलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलिले खोजतलासको क्रममा मिति ताहाचल, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाण्डौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रिय कारागार कार्यालय सुन्धारामा पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्