सांसद दुलारीको निधनप्रति सदनमा शोक प्रस्ताव



काठमाडौँ, १७ चैत । व्यवस्थापिका–संसद्को आजको बैठकले सांसद दुलारी देवीको असामयिक निधनप्रति सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको छ ।

नेकपा एमालेको तर्फबाट २०७० सालको संविधानसभा निर्वाचनमा सर्लाही जिल्लाबाट समानुपातिक सदस्यमा निर्वाचित हुनुभएका सांसद देवीको यही चैत १० गते निधन भएको थियो ।

भारतको सीतामढीमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते हुनुभएका ४६ वर्षीया सांसद देवीको ललितपुरस्थित बि एन्ड बि अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

संसद्ले उहाँको असामयिक निधन भएकामा गहिरो शोक प्रकट गर्दै दिवङ्गत आत्माको चिर शान्तिको कामनासहित शोक प्रस्ताव पारित गरेको हो ।
बैठकले शोक सन्तप्त परिवारप्रति समवेदना समेत प्रकट गरेको छ । उहाँले नेपालको संविधान निर्माणमा महत्वपूर्ण योगदान पु¥याउनुभएको थियो । उहाँको आत्माको चिर शान्तिको कामनासहित बैठकमा एक मिनेट मौन धारण समेत गरिएको थियो ।

आजको बैठकको प्रारम्भमै सभामुख ओनसरी घर्तीले उहाँको निधन सम्बन्धी शोक प्रस्ताव प्रस्तुत गर्नुभयो । व्यवस्थापिका–संसद्को बैठकमा शोक प्रस्ताव पारित भएपछि अरु कार्यसूची नराखिने प्रचलन रहिआएको छ । व्यवस्थापिका–संसद्को अर्काे बैठक यही चैत २५ गते शुक्रबार दिनको १ बजे बस्ने छ । रासस

प्रतिक्रिया दिनुहोस्