एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा हङकङलाई नेपालले ७ विकेटले हरायो



काठमाडौं,
बंगलादेशमा जारी एसिसी इमर्जिङ कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ७ विकेटले हराएको छ। २१५ रनको लक्ष पाएको नेपालले ३ विकेट गुमाउँदै ‍‌‌४२।२ ओभरमा २२० रन पूरा गरेको हो।

कप्तान ज्ञानेन्द्र मल्ले ११ चौका सहित ८०, आसिफ सेखले ८ र दीलिपनाथले १२ रन जोडेर आउट भएका थिए। शरद भेषवाकरले तीन छक्का र चौकासहित ५० रन पूरा गरेका थिए ।

यस्तै दीपेन्द्र सिंह ऐरीले पनि अर्धशतक पूरा गरेका हुन्।

नेपाल एसिसी इमर्जिङ कपबाट बाहिरिई सकेको छ। नेपालले प्रतियोगिताको तेस्रो खेल जितेको हो ।

पहिलो खेलमा पाकिस्तानसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ८३ रनले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्