गाडि पल्टीदा दुईजना गम्भिर घाइेते



विमल विष्ट, डोटी ।

डोटीको पूर्विचौकि गाउपालीका खिरसैन, फुलौटमा पोखरीबाट सिलगढी तर्फ आईरहेको ना १ ज ३०६३ नम्बरको जिप दुर्घटना हुदा दुईजना महिला गम्भिर घाईते भएका छन ।

घाईते हुनेहरुमा पोखरी ७ कि २२ वर्षिय मौरी कुमारी वि.क र कडालगाउँ निबासी १५ वर्षिया जानकी ऐर रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मौरी कुमारी वि.कको टाउँकोमा र जानकी ऐरको ढाडमा गम्भीर चोट लागेको जिल्ला अस्पताल डोटीका डाक्टर ग्रीष अबस्थीले बताउनु भयो ।

उनीहरुलाई थपउपचारका लागि नेपालगंञ्ज मेडिकल कलेज रिफर गरीएको डाकटर अवस्थीले बताउनु भयो । गाडीको ब्रेकफेल भएकाकारण गाडी अनीन्त्रण भई दुर्घटना भएको सानागाउ प्रहरीचौकीका हवल्दार बिरेन्द्रवहादुर सिंहले बताउनु भयो । जिप सडकबाट अन्दाजि २० मिटर तलगई नालीमा पल्टीएको छ । गाडीमा १२ सवार रहेको र अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्