चुनावको माहोल बनाउन संविधान संशोधन जरुरी- नेपाली काँग्रेस



लक्ष्मी कुमार साह,महोत्तरी ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति महोत्तरीले बुधबार प्रेस विज्ञप्ती जारी गरेको छ ।

नेपाली काँग्रेसको सभापति महेन्द्र कुमार रायको सभापतित्वमा बसेको वृहद बैठक बाट अहिले चुनावको माहोल बनाउन संविधान संशोधन जरुरी रहेको कुरा पुष्टि गरेको छ ।

सो प्रेस विज्ञप्तीमा संविधान संशोधन र स्थानीय तहको निर्वाचन प्रकृयालाई संग संगै लैजाने सरकारको घोषणाले जनमानसमा खुशी छाएको भएतापनि हाल संविधान संसोधनमा देखिएको अलमल र अन्यौलले चुनावप्रति नकारात्मक प्रभाव पारिरहेको छ ।

रायले यथाशीघ्र संविधान संशोधन गरी चुनावको सुनिश्चितताको वातावरण वनाउन पनि सरकारसंग आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्