६२ औं स्थापना दिवस मनाइयो 



लक्ष्मी कुमार साह,महोत्तरी ।

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले बुधबार ६२ औं स्थापना दिवस मनाएको छ । महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मण्डलको अगुवाईमा ६२ औं स्थापना दिवसको अवसरमा प्रभात फेरि तथा जलेश्वर अस्पतालमा फलफूल वितरण गरिएको हो ।

संचारकर्मीहरु सहित महासंघ मुलगेटबाट निस्केको र्याली नगरपरिक्रमा गर्दै जलेश्वर अस्पताल पुगेर विरामीहरुलाई फलफुल वितरण गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा.नागेन्द्र यादव,वरिष्ट चिकित्सक डा.द्वारिका प्रसाद साह,महासंघका अध्यक्ष मण्डल,प्रेस स्वतन्त्रता सेनानी द्वय कुवरकान्त झा र रविन्द्र उप्रेती् तथा पुर्व अध्यक्ष दशरथ भण्डारीले विरामीलाई फलफुल वितरण गरेका हुन ।

अस्पतालमा विरामीलाई फलफुल वितरण गरिएकोमा जिल्ला स्वास्थ्य प्रमुख डा. यादवले संचारकर्मीहरुलाई धन्यवाद दिदै आगामी दिनमा समेत जलेश्वर अस्पताल प्रति स्थानिय संचारकर्मीहरुको सकारात्मक सोच यथावत रहने र अस्पतालमा भएका कमि कमजोरीहरु वारे हामीलाई सुसुचित गरि त्यसता कमि कमजोरी सुधार गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने आशा व्यक्त गरे ।

सो कार्यक्रममा विभिन्न टिभी तथा पत्रपत्रिका तथा स्थानीय रेडियोका सञ्चारकर्मी, स्वास्थ्यकर्मी, विरामी तथा नागरिक समाजको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्