ब्रक्सिट प्रक्रिया शुरू गर्ने पत्र हस्तान्तरण



लन्डन, (एजेन्सी)
बेलायतका प्रधानमन्त्री टेरिजा मेको हस्ताक्षरपछि युरोपेली युनियनबाट बेलायतलाई अलग्याउने विषयमा बाँकी सदस्य राष्ट्रहरूलाई औपचारिक जानकारी गराउने पत्र ब्रसेल्समा सर टिम बरोमार्फत परिषद्का अध्यक्षलाई ऐतिहासिक हस्तान्तरण गरिएको छ।

प्रधानमन्त्री मेले यसलाई त्यस्तो ऐतिहासिक क्षण जहाँबाट कोही पनि पछाडि आउन नसक्ने बताएकी छिन्। लिस्बन सन्धीमा अनुच्छेद ५० अनुसार बेलायतको तर्फबाट आधिकारिक रूपमा सूचना दिइएको हो। उक्त पत्र युरोपेली परिषद्का अध्यक्ष डोनाल्ड टस्कलाई हस्तान्तरण गरिएको हो।जुनमा भएको जनमत संग्रहमा बेलायती नागरिकले युरोपेली संघबाट अलग्ग हुने पक्षमा मतदान गरेका थिए। टेरिजा मेले हस्ताक्षर गरिएको उक्त पत्र बुधबार बेलायती राजदूत सर टिम बेरोका माध्यमबाट युरोपेली संघमा पठाइएको हो। यसअघि प्रधानमन्त्रीले एकघण्टा लामो क्याबिनेट बैठक गरेकी थिइन्।

बे्रक्सिट प्रक्रियाले औपचारिक थालनीका रूपमा लिइएको उक्त पत्र हस्तान्तरण पछि त्यसको कारवाहीमा बिहीबार बे्रक्सिटसँग जोडिएको बिललाई प्रकाशित गरिनेछ। मार्च ३१ शुक्रबार युरोपेली संघका अध्यक्ष टस्कले वार्ताका लागि मार्गनिर्देशन प्रकाशित गर्नेछ।

अप्रिल २९ मा युरोपेली संघको सम्मेलन बाँकी सदस्यले वार्ताको मार्गनिर्देशनलाई स्विकार गर्नेछ। त्यसै गरी बेक्सिटको विधेयकलाई संसद्सत्रको शुरूआतमा प्रस्तुत गरिनेछ।सन् २०१८ मा विधेयकलाई राजपरिवारको सहमति प्राप्त हुनेछ। संसद्ले विषम परिस्थितिमा अर्को कानुन पारित गर्नुपर्ने हुनसक्छ। संसद्को दुबै संसद्मा र युरोपेली परिषद्मा मतदान हुनेछ।

दुई वर्षको वार्ता टुंगिएपछि सन् २०१९ मा बेलायत युरोपेली संघबाट अलग्ग हुनेछ।

प्रतिक्रिया दिनुहोस्