स्वागतको प्रतिस्पर्धा



हिजो प्रधानमन्त्री पुकदा चीन भ्रमण सकेर आउनुभएको छ। उहाँले विमानस्थलमै चुनाव हुन्छ शंका नगरौं भन्ने अभिव्यक्ति दिनुभएको पनि धरहराले आफ्नो बाइनाकुलरमा छायांकन गर्न पायो। त्यही त हुने भनेर तिथि नै तोकिसकेको चुनाव हुन्छ हुन्छ भनेर कति पटक भन्ने हो? कुरा नबुझेर धरहरा पनि हैरान छ भनेको।

धरहराले अर्को कुरा पनि छायांकन गर्ने अवसर पायो विमानस्थलमा। त्यहाँ तीन जना उपप्रधानमन्त्री थिए। प्रधानमन्त्रीलाई कसले पहिला स्वागत गर्ने भन्ने खालको प्रतिस्पर्धा त्यहाँ देखिएको थियो। त्यो प्रतिस्पर्धामा कथा (कमल थापा)ले उछिनेको प्रस्टै देखियो। त्यसपछि कृबम (कृष्णबहादुर महरा) र विनि (विमलेन्द्र निधि) लाइनमा देखिन्थे। को सिनियर भनेर कथा र विनिबीच फाइट परेको कुरा धरहराले सुनेको हो। हिजोको अवस्थामा त विनि तेस्रो नम्बरमा पो देखिनु भो त। सायद उहाँले यो प्रतिस्पर्धाबाट हात झिक्नुभएको हुनसक्छ। तर, यस्ता साना कुरामा चित्त नदुखाउनु है महोदयहरु⁄ आखिर जति नम्बरमा स्वागत गरे पनि आफ्नै प्रधानमन्त्री हुन् क्यार। कि कसो पाठकवृन्द?

प्रतिक्रिया दिनुहोस्