तिव्र काठ तस्करीका बिच बन कार्यलयको कम निगरानी



मोतीराम तिमल्सिना,काभ्रे ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पछिल्लो समय काठको अबैद्य ओसार पसार तथा विक्री वितरण गर्ने ब्यक्तिहरुलाई पक्राउ गर्दै कारवाही गर्ने क्रम तिब्र बनाएको छ । तर जिल्ला बन कार्यालयले भने पक्राउ परेका ब्यक्तिहरुलाई कम सजायँमा छाड्ने गरेको प्रहरीले बताउँछ ।
जिल्ला प्रहरी प्रमुख सहकुल बहादुर थापाले जिल्लाका विभिन्न स्थानमा भएका अबैद्य कृयाकलाप न्युनिकरणका लागि अभियान चलाएको जानकारी दिए । प्रहरीले शुरु गरेको अनुसन्धानले अवैद्य रुपमा संचालन भएको औषधी पसल, कानुनले बन्देज लगाएका औषधी विक्री वितरणमा रोक, लागु औषधको ओसारपसारमा न्युनिकरण लगायतका क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल भएको बताए ।

थापा जिल्लामा आए लगत्तै पुष १२ गते पाँचखाल नगरपालिकाको फेदी बजारमा रहेको तेजप्रसाद न्यौपानको फर्निचरबाट अबैद्य रुपमा लुकाई राखिएको ५२१ थान गोलिया साल जातको काठ बरामद भएको थियो । प्रहरीले बरामद काठ र न्यौपानेलाई जिल्ला बन कार्यालयलाई बुझाए पनि बन कार्यालयले कम सजायँको माग गर्दै फितलो अनुसन्धानका कारण धरौटीमै छुटेका थिए ।

त्यस्तै पुष १९ गते पनौती नगरपालिका खोपासीमा उतिस जातको ४५ थान र मलात्तो जातको १६ थान गरी ६१ थान गोलिया बरामद भएको थियो । मकवानपुर ठिंगन गाविस वडा नम्वर ५ बस्ने आशिष तामाङ काठसँगै पक्राउ परेका थिए । पुष २६ गते पनौती बनेपा सडक खण्डबाट ७४ थान काठ मिनी ट्रक सहित बरामद भएको थियो । राम काष्ठ उद्योगमा चेक जाँच गर्दा चिलाउने, पैयु र उत्तिस जातको अबैद्य काठ फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

सरकारले भुकम्प पीडितहरुका लागि सहुलियत दिएको भए पनि कागजात मिलाउन नसक्दा प्रहरीको चेकजाँचमा केहि भुकम्प पीडितहरु पनि परेका छन् ।

प्रहरी कारवाहीमा माघ २३ गते पाँचखालबाट १९ थान बरको काठ चिरान गरिएको अवस्थामा फेला परेको थियो । काठ ओसार्न प्रयोग भएको ट्रक र चालक सहित पक्राउ परेका थिए । त्यस्तै फागुन १३ गते उत्तिस जातका ७ थान, खोटेसल्ला १५ थान र पैयु जातका २१ थान काठ प्रहरीले पनौती पाटीखर्कबाट बरामद गरेको थियो । प्रहरीले फागुन २३ गते दाप्चा काशिखण्ड नगरपालिकाबाट साल जातको ५२ थान गोलिया काठ बरामद गरेको थियो ।

जिल्ला बन कार्यालयका कर्मचारीहरुको मिलेमत्तोमा जिल्लाका विभिन्न स्थानमा अबैद्य काठको विक्री वितरण र ओसार भईरहेको पुष्टि भएको छ । तर जिल्ला बन कार्यालय प्रहरीले बरामद गरेका ब्यक्तिहरुलाई सामान्य सोधपुक्ष र कारावाही मार्फत नै छाडिदिन थालेको छ । प्रहरी पक्राउ गर्छ बन सामान्य अवस्थामा छाडिदिने गरिरहेका कारण जिल्लाबाट काठ तस्करी मौलाउँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्