रविन्द्र शाहको हत्यारा लाई कारवाहीको माग गदै बजार बन्द



नौ जना प्रहरी नियन्त्रणमा

दिपेन्द्र शर्मा,जाजरकोट ।
नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय एवं काँग्रेस जाजरकोटका युवा नेता रविन्द्र शाहको हत्याराको पहिचान गरि कारवाहीको माग गदै जाजरकोटका स्थानियवासीले खलंगाबजार बन्द गराएका छन् ।

घटनाको विरोधमा सदरमुकामका सवै पसल बन्द भएका छन् भने यातायात सेवा समेत बन्द गरिएको स्थानिय आनन्द मल्लले जानकारी दिए । आफन्त र जिल्लावासीले हत्यामा संलग्नहरु तत्काल पत्ता लगाई आवश्यक कारवाहीको माग गरेका हुन ।

भेरी नगरपालीका ३ तल्लो थाप्ले स्थित जिल्ला अस्पताल नजिकै जाजरकोट डोल्पा सडकमा ईभिनिङ्ग वाक गरेर फर्कने क्रममा ८÷९ जनाको समुहमा रहेका अपरिचित समुहले नेता शाहको मंगलवार बेलुका ढुङ्गा मुडा प्रहार गरि हत्या गरेको थियो ।

पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष एवं निर्माण ब्यवसायी समेत रहेका शाहको हत्या कसले किन गर्यो अहिले सम्म खुल्न नसकेको र अनुसन्धान जारी रहेको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भावेश रिमालले बताए ।

शाह सँगै ईभिनिङ्ग वाक गएका तीन जना र अन्य ६ जना गरि ९ जनालाई आवश्यक सोधपुछका लागी नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी प्रमुख रिमालले बताए ।

नियन्त्रणमा रुकुम चौरजहारी र खलंगाका युवाहरु रहेका छन् । त्यस मध्य केही निर्माण ब्यवसायी समेत रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्