रिजालद्वारा पदभार ग्रहण



काठमाडौं, (नेस)
नगर विकास कोष सञ्चालक समितिका अध्यक्ष धु्रब रिजालले मंगलबार पदभार ग्रहण गर्नुभएको छ। नवनियुक्त अध्यक्ष रिजालले कर्मचारीसँग समन्वय गरेर कोषको कामलाई प्रभावकारी रूपमा अगाडि बढाउने बताउनुभयो।
उहाँले भन्नुभयो–‘विगतको भन्दा राम्रो काम गर्ने योजना बनाएको छु, सबैको साथ र सहयोगमा अगाडि बढछु।’

नवनियुक्त अध्यक्ष रिजाललाई कोषका कर्मचारीले स्वागत गरेका थिए। विगतमा सांस्कृतिक संस्थानको अध्यक्ष, बुटवल धागो कारखानाको अध्यक्ष, बुटवल टेक्निकल इन्स्च्यिुटका कार्यकारी निर्देशक, हेटौडा सिमेन्ट उद्योगको डेपुटी जनरल म्यानेजर भइसक्नु भएका रिजाल निर्माण व्यवसायदेखि, शहरी विकासको क्षेत्रमा काम गर्दै आउनु भएको छ। रिजाललाई मन्त्रिपरिषद्ले नगर विकास कोष ऐन २०५३ को दफा १४ को उपदफा २ को खण्ड ‘क’ बमोजिम चार वर्षका लागि नियुक्त गरेको हो।

प्रतिक्रिया दिनुहोस्