ट्याक्सी चालक अब माइक्रोतिर मिटर गडबड गर्न नपाएपछिको असर



प्रशान्त वली

त फागुन २० गते यो संवाददाता रत्नपार्कबाट गोंगबु जाँदैं गर्दा अशोक शर्माले दुई दिनमात्र भएको रहेछ माइक्रो चलाउन थालेको। यसभन्दा अघि ट्याक्सी चलाउने गरेका उनी त्यसलाई छोडी माइक्रो बसतर्फ आकर्षित भए कारण सरकारले भाडामा गुड्ने ट्याक्सीलाई मिटरमा मात्रै रकम उठाउन निर्देशन दिनु।

‘ट्याक्सी चलाउदाँ मिटरमा चढेको बिलअनुसार मात्र पैसा उठाउन पाइने र त्यसले गर्दा उनलाई दैनिकी गुजारा गर्न हम्मेहम्मे पर्न थाल्यो र, अन्ततः माइक्रो रोजेँ।,’ शर्मा भन्छन्– ‘मिटरमा चल्दा थोरै पैंसा उठ्छ। साहुलाई दिने कि तेल हाल्ने, केही गर्नै पुग्दैन। केटाकेटीलाई पढाउनै पर्यो।’ गुणस्तर तथा नाप तौल विभागका अनुसार पछिल्लो समय महिनामा २ सय ५० देखि ३ सय भाडामा गुड्ने ट्याक्सी कारबाहीमा परेका छन्।
यात्रुसँग भाडामा बार्गेनिङ गर्ने र मिटरभन्दा बढी रकम असुलेको भन्दै प्रतिट्याक्सी ५ हजार रुपियाँका दरले जरिवाना तिराइएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिनुभयो। काठमाडौं उपत्यकामा मात्रै ९ हजार ५ सय ट्याक्सीहरू चल्ने विभागको तथ्याङ्कमा उल्लेख छ।

अहिलेसम्म २ हजार ५ सय ट्याक्सीमा प्रिन्टिङ मेसिन जडान गरिएको बताइएको छ। मेसिन जडान भएपछि अनावश्यक ठग्ने प्रवृत्ति हराउने र सामान चोरी हुनबाट जोगिने विभागले जानकारी दिएको छ। अहिले शुरूको अंक १४ रुपियाँबाट हुने र प्रति किलोमिटर ३५ रुपियाँ तिर्नुपर्ने प्रावधान बनाइएको छ।

यसैबीच गुणस्तर तथा नाप तौल विभागले कसैले बिलभन्दा बढी रकम असुले नजिकको ट्राफिक वा विभागमै उजुरी गर्न आग्रह गरेको छ। बाँकी ७ हजार ट्याक्सीहरूमा आगामी असार मसान्तसम्म प्रिन्टिङ मेसिन जडान गरी सक्ने लक्ष्य लिइएको छ।

प्रतिक्रिया दिनुहोस्