नयाँशक्तिको समानन्तर पार्टी खोलिने चुनावमा भाग लिने घोषणा



भक्तपुर, (नेस)
नयाँ शक्ति पार्टीबाट निष्कासित नेताहरूले स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी पार्टीसँग पार्टीले सहकार्य गर्ने भएपछि आफूहरूले त्यसको विरोध गर्दा पार्टीले निष्कासन गरेको बताएका छन्। नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी पार्टीसँगको सहकार्य गर्ने भएपछि आफूहरूले त्यसको विरोध गर्दा आफूहरूलाई पार्टीले निष्कासन गरेको बताएका हुन्।

उहाँले विदेशीको इसारामा स्थानीय तहको निर्वाचनको विरोध गर्दै मधेसवादी दलहरूको लाइनमा गएर संयोजक भट्टराईले गलत कदम उठाएको आरोप लगाए। रफत सञ्चार क्लबमा मंगलबार पत्रकार सम्मेलन गर्दै समानान्तर राष्ट्रिय भेला आयोजक समितिका संयोजक निर्मल भट्टराईले डा. बाबुरामले मधेसी मोर्चाका एजन्डा बोक्ने संघीय समाजवादी पार्टीसँग सहकार्य गर्नु उचित नभएको बताउनुभयो।

भारतसँग नझुकी नेपालमा केही गर्न नसक्ने डा. बाबुरामको कार्यशैलीको आफूहरूले विरोध गरेकै कारण आफूहरूलाई नयाँ शक्तिबाट निकालिएको बताउनुभयो। उहाँले नयाँ शक्तिको समानान्तर राष्ट्रिय भेला भोलि भक्तपुरमा आयोजना गर्न लागेको बताउनुभयो। उहाँले राष्ट्रिय भेलामा नयाँ शक्ति परित्याग गरेका ५२ जिल्लाका झन्डै १ हजार प्रतिनिधि आउने बताउनुभयो।

उहाँले आगामी वैशाख ३१ गते हुन लागेको निर्वाचनमा आफूहरूले भाग लिने जानकारीसमेत दिनुभयो। सो सम्मेलनमा नयाँ शक्ति केन्द्रीय परिषद्का सदस्यहरू सहदेव न्यौपाने, अशोक ढुंगेल, मुनिन्द्र बस्नेत र रामराज मंगरातीले पार्टीको सामान्य सदस्यसमेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्