चुलाचुलीमा रिटिङ रिटिङ नबजाउ बिनायो भन्दै गुञ्जिए एलपि जोशी



इलाम, नेस ।
कुनै बेलाको अत्यन्तै चर्चित र प्रत्येक श्रोताको मुखैमा झुण्डिएको लोकप्रिय गीत रिटि रिटी नबजाउ बिनायो बिनायोले मन मेरो छिनायो……, का गायक एलपी जोशीले चुलाचुली गाउँपालिका ३ पोल्टिमारी बजारमा प्रतक्ष्य गाएर करिब एक हजार जना दर्शकलाई मन्त्रमुग्ध बनाएर ताली पट्काउन बाध्य बनाए ।

स्थानीय मिलन क्लव र अधक्ष्य राजेन केरुङ साथै शुक्रबारे बजार व्यवस्थापन समिति र अधक्ष्य सुवास आङथुकोको आयोजनामा गत चैत्र ज्ञज्ञ गते अनाथ र अपाङ्ग विद्यार्थीका लागि सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको लाइभ कन्सर्ट मा एलपी जोशिले उक्त गीत गाएपछि एकाएक पोल्टिमारी बजारको माहोल तातिएको थियो । उपस्थित दर्शकको चाहाना अनुसार उनले अन्य गीत भने गाएनन् ।

पहिलो पटक चुलाचुलीमा आयोजना गरिएको ऐतिहासिक लाईम कन्सर्टलाई शुभकामना दिदैँ गायक जोशीले कलाकारतिको विकासका लागि लाईभ प्रस्तुतिको महत्व धेरै रहने बताए । पुराना कलाकारहरुलाई सम्मान र नयाँलाई प्रेरणा दिन आवश्यक रहेको साँस्कृतिक कार्यक्रम संयोजक कैलाश थुलुङले नेपाल समाचारपत्रलाई टेलिफोनमा बताए ।

थुलुङका अनुसार समाजसेवी जानोदय लावती र लोकगायक एलपी जोशीलाई लाईफ मेन अचिप्टमेनबाट सम्मानित गरिएको छ । बिनोद बुढाथोकिको प्रमुख संयोजनमा भएको कन्सर्टमा चुलाचुली डान्स रियालिटिका संगीता सेवा र लक्ष्मी राईले बेजोड नृत्य प्रस्तुत गरेकाथिए भने चुलाचुली ताराका विजेता असन राई र पुर्वको चर्चित धरान ब्यान्डले दिएको प्रस्तुतिलाई दर्शकले वान्स मोरको हुटिङले साथ दिएका थिए ।
‘सोचेजति रकम उठेन १ आयोजकले नै उठाएर पनि अपाङ्ग र अनाथ विद्यार्थीलाइ दश हजार माथि रकम सहयोग गर्ने तयारी गरेका छौँ ।’ थुलुङले भने ।

प्रतिक्रिया दिनुहोस्