इमर्जिङ कप- बंगलादेशद्वारा नेपाललाई २५८ रनको लक्ष्य प्रस्तुत



काठमाडौं,
एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपालले बंगलादेशलाई २५८ रनको लक्ष्य पेस गरेको छ ।

शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ९ विकेट गुमाउदै २५७ रनको योगफल बनाउन सफल भएको छ ।

सुरुवाती तीनजना ब्याट्सम्यानले खासै राम्रो पदर्शन गर्न नसकेपनि बंगाली कप्तान मोमिनुल हक र नसिर हुसेनको साझेदारी भने निकै नै राम्रो रह्यो ।

यसैगरी नेपालका लागि सन्दिप लामिछाने र अभिनाश कर्णले ३(३ तथा मेहबुब आलम र कप्तान ज्ञानेन्द्र मल्ल, दीपेनद्र सिंह ऐरीले १(१ विकेट लिन सफल भएका छन् ।

नेपाल केहिबेरमा जबाफी ब्याटिङमा उत्रँदैछ ।

प्रतिक्रिया दिनुहोस्