वीरेन्द्रनगरमा सिसिटिभी क्यामेराबाट निगरानी



शेरबहादुर थापा, सुर्खेत ।

वीरेन्द्रनगर नगरपालिकालाई ३१ ओटा सिसिटिभी क्यामेराबाट निगरानी गर्न सुरु गरिएको छ । शहरका विभिन्न स्थानमा क्यामेरा जडान गरेर जिल्ला प्रहरी कार्यालय सुर्खेतमा कन्ट्रोल रुम स्थापना गरि निगरानी गर्न सुरु गरिएको हो ।

सुर्खेत उद्योग बाणीज्य संघ, नगरपालिका लगायत पब्लिक प्राइभेट साझेदारीमा उक्त क्यामेरा जडान गरिएको बताइएको छ । क्यामेरा ३ मेगापिक्सलका तथा एचडी क्वालिटीका रहेका छन । रातीको समयमा पनि ९० मिटरको दुरीसम्मका तस्विर तथा क्रियाकलापहरु सहजै रेर्कड हुनेछन भने क्यामराले लगातार १५ दिनसम्मका क्रियाकलापहरु एकैपटक रेकर्ड गर्न सक्ने छ ।

जसकालागि १० हजार जिवि स्टोरेज क्षमतायुक्त क्यामेरा रहेका सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए । उनले फोरलेन सडक विस्तार भइरहेका कारण एघार स्थानमा क्यामेरा जडान कार्य हाललाई स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्