ठाउँ ठाउँमा शव फेला



नेपाल समाचारपत्र, काठमाडौँ ।
देशका विभिन्न स्थानमा केही मानिसको मृत अवस्थामा शव फेला फेला परेका छन । त्रियुगा नगरपालिका–४ स्थित पोखरीमा मंगलबार सोही ठाउँ बस्ने २८ बर्षीय चन्द्र बहादुर परियार मृत अस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मेचीनगर नगरपालिका–७ स्थित कालीखोला र पालिया खोलाको दोभानमा मंगलबार नाम, थर, वतन नखुलेको अंदाजी ३६ बर्षीय पुरुष व्यक्ति पानीमा टाउको डुबेको अवस्थामा मृत फेला परेका छन् ।

त्यस्तै घोराही उपमहानगरपालिका–१५ तुलसीपुर चोक स्थित डाँफे होटलको बिच तलाको कोठामा बसेका नाम, थर, वतन नखुलेका २६ बर्षीय पुरुष ब्यक्ति सोमबार मृत अवस्थामा फेला परेका छन् । दाङकै राप्ती गाउँपालिका–१ भालुबाङ स्थित राप्ती सामुदायिक बनमा सोमबार नाम, थर, वतन नखुलेको अंदाजी ४० बर्षीय पुरुष ब्यक्तिको शव सडेगलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उता सिराहाको गोलबजार नगरपालिका–६ स्थित नाम, थर, वतन खुल्न नसकेका ४५ बर्षीय पुरुष ब्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले नेपाल समाचारपत्रलाई जानकारी दिएको छ । यस सम्बन्धमो आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्