रकिब र रानी बने च्याम्पियन



नेपाल समाचारपत्र
काठमाडौं
बंगलादेशका ग्रान्डमास्टर अब्दुल्ला अल रकिब मोलाह फिडेको र रानी हमिद एसियन ३.२ जोनल चेस च्याम्पियन बनेका छन्।

२४९२ रेटेड रकिबले सोमबार काठमाडौंमा सम्पन्न च्याम्पियनसिपको अन्तिम चरणमा आफ्नै देशका ग्रान्डमास्टर इनामुल हुसेन (२४७४) लाई पराजित गर्दै च्याम्पियन बन्न सफल भएका हुन्। उनी सेप्टेम्बरमा जर्जियामा हुने वल्र्डकप चेस च्याम्पियनसिपका लागि समेत छनौट भएका छन्। ९ खेलबाट ८ अंक बनाएका रकिबले १५ सय अमेरिकी डलर नगद पहिलो पुरस्कारसमेत प्राप्त गरे।

त्यसै गरी डिफेन्डिङ च्याम्पियन आफ्नै देशकी समिमा अख्तरलाई हेड टु हेडमा पछि पारेर रानी हमिदले महिलातर्फको उपाधि जितिन्। अन्तिम खेलमा नेपालकी मतिना कुसीलाई हराउँदै ८ अंक जोडेकी ७३ वर्षीया ओमन इन्टरनेसनल मास्टर रानीले १ हजार अमेरिकी डलर नगद हात पारिन्। टाइब्रेकमा पछि परेकी ओमन इन्टरनेसनल मास्टर समिमाले नेपालकी सविना श्रेष्ठलाई हराउँदै ५ सय अमेरिकी डलर प्राप्त गरिन्।

प्रतियोगिताका डिफेन्डिङ च्याम्पियन बंगलादेशी ग्रान्डमास्टर जिउर रहमान (२५२०) नेपालका केशव श्रेष्ठ (२०७७) लाई हराउँदै ७ दशमलब ५ अंकका साथ दोस्रो स्थानमा रहे। उनले १ हजार अमेरिकी डलर नगद प्राप्त गरे। त्यसै गरी अन्तिम खेलमा आफ्नै देशका फिडेमास्टर हसन मेहेदी (२२६३) सँग बराबरीमा रोकिएका ग्रान्डमास्टर नियाज मुर्सिद (२४२२) ७ अंकका साथ तेस्रो स्थानमा रहँदै ५ सय अमेरिकी डलर नगद प्राप्त गर्न सफल भए।

प्रतिक्रिया दिनुहोस्