काजोल रानीबाट टाढा



बलिउड नायिका रानी मुखर्जी प्रोड्युसर आदित्य चोपडासँग विवाह गरेदेखि फिल्मी दुनियाबाट टाढा छिन्। हालै बलिउडमा सम्पन्न एक अवार्ड समारोहमा लामो समयपछि उनी पनि देखिइन्। जसमा बलिउडका सबैजसो कलाकार सामेल थिए।

रानीको कजन काजोल पनि आफ्नो पति अजय देवगणको साथ अवार्ड समारोहमा सामेल थिइन् भने काजोलसाथ उनको बहिनी तानुषी पनि थिइन्। शोको दौरानमा काजोलले यस्तो केही गरिदिइन्, जसले सबैको ध्यान आकर्षित गर्यो। जब काजोल र अजय अवार्ड लिएर स्टेजबाट तल झरे, दुवै जनाले त्यहाँ बसिरहेका सबै जनालाई अंकमाल गरे। त्यहीं रानी मुखर्जी पनि थिइन्। तर काजोलले रानीतिर हेर्दा पनि हेरिनन्। काजोलले आलिया भट्ट सिद्धार्थ मलहोत्रा, साहिद कपूरलगायतलाई आफैं गएर भेटिन्। तर नजिकै रहेकी रानीलाई भने इग्नोर गरिन्। भारतीय सञ्चारमाध्यमका अनुसार गजबको कुरा त यो थियो कि काजोलकी बहिनी तानुषी आफैं गएर रानीसँग भेटिन्। रानीसँग अंकमाल गर्दै केहीबेर कुरा पनि गरिन्। तर काजोल र अजयले भने समारोहबाट निस्कने बेलासम्म पनि उनको वास्तै गरेनन्। काजोलले रानीलाई किन त्यस्तो व्यवहार गरिन् भन्नेबारे अहिले बलिउडमा चर्चा चलेको छ। भारतीय सञ्चारमाध्यमले अनुमान गरेअनुसार उनीहरूको सम्बन्धमा समस्या आएको छ। जसलाई अजयले पनि साथ दिएका छन्।

प्रतिक्रिया दिनुहोस्