मन जित्दै बुख्याचा



सर्वनाम थिएटरले आफ्नो नाटकघरमा मञ्चन भइरहेको नाटक बुख्याचा मनले लोकप्रियता पाएपछि प्रदर्शन अवधि थप गरेको छ।

सर्वनामले दर्शकको माग भन्दै सो नाटकको प्रदर्शन अवधि एक साताका लागि थप गरेको हो। २५औं मञ्चनमा बिट मार्ने भनिएको नाटक बुख्याचा मन थप एक साताका लागि थप गरिएको सर्वनामले जनाएको छ।

शनिबारको शोपश्चात् नाटक मञ्चनको अवधि थप गरेको निर्देशक राज शाहले जानकारी गराए। दर्शकले अत्यधिक मन पराएको नाटक बुख्याचा मन राजधानीको रंगमञ्चमा पछिल्लो समय चर्चा कमाउन सफल नाटक मानिएको छ। जातीय विभेदमा मानवताको विषय उठान गरिएको नाटक दर्शकको अत्यधिक चाप र मागको कारण मिति थपिएको निर्देशक थापाले दाबी गरे।

सर्वनामको प्रस्तुति रहेको यो नाटकमा राज शाहको लेखन तथा निर्देशन रहेको छ। नाटकमा आदित्य शर्मा, आरोही शर्मा, सुदर्शन अर्याल, प्रकाश केसी, शर्मिला नगरकोटी, सुजिता अधिकारी, सुजन पौडेल ‘लौरो’, नवीनचन्द्र अर्याल, विवेक आचार्य, सुशील गैह्रे, सगुन तामाङ, नितान्त ढकाल, रोशन अर्याल, विनोद खत्री, पंकज पौडेल, रिनेक्स बस्नेत र राज शाहले अभिनय गरिरहेका छन्। नाटक यही चैत १९ गतेसम्म बिहीबारबाहेक हरेक दिन बेलुका र शनिबार अतिरिक्त शो मञ्चन हुने सर्वनामले जनाएको छ।

सर्वनामले पछिल्लो समयमा नाट्य र रंगमञ्चीय प्रस्तुतिमा आफूलाई सक्रिय बनाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्