राजनीतिक दबाबले म्यादी प्रहरी भर्नामा प्रभाव



नेपाल समाचारपत्र
बझाङ
आफ्नो भोट घट्ने डरले स्थानीय युवाहरूलाई म्यादी प्रहरीमा नजान राजनीतिक दलले दबाब दिएपछि ग्रामीण भेगका युवाहरू राजनीतिक दलकै प्रलोभनमा पर्दै गएका छन्। राजनीति प्रभावका कारण म्यादी प्रहरीमा भर्ना गर्न आउनेको संख्या कम भएको छ।

नजिकिँदै आउँदै गरेको स्थानीय तहको चुनावमा सुरक्षाका लागि सरकारले देशभरका ७५ वटै जिल्लामा ७५ हजार म्यादी प्रहरीको आह्वान खुले पनि विकट हिमाली जिल्ला बझाङमा भने यहाँका स्थानीय राजनीति दलले आफ्नै कार्यकर्ता घट्ने डरले म्यादी प्रहरीमा आफ्नो कार्यकतालाई भर्ना नहुन दबाब गरेको जिल्ला अध्यक्ष दिलबहादुर बताएका छन्। उनले भने– ‘हाम्रो पार्टीका कार्यकर्तालाई म्यादी प्रहरीमा जागिर नखान दबाब दिएका छौं समय आउँछ सबैलाई समेटेर जागिर खुवाउने बताएका छन्।’

आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको चुनाव सफल र सबल पार्नका लागि म्यादी प्रहरीको भर्ना खुले पनि बझाङमा भने म्यादी प्रहरी हुन आउनेको संख्या अहिलेसम्म एकदमै कम देखिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। म्यादी प्रहरीको भर्ना यहि चैत्र ११ गतेदेखि १८ गतेसम्म रहेको छ। जिल्ला प्रहरी कार्यालयमा भने चाहेजति म्यादी प्रहरी भर्ना गर्न नआएको जिल्लामा म्यादीको जति कोटा छ त्यति हुन नसक्ने प्रहरी निरीक्षक रामबहादुर चन्दले बताउनुभयो। उहाँले भन्नुभयो– ‘म्यादी प्रहरीलाई पनि नेपाल प्रहरीसरह सेवासुविधा दिइने भएको छ।’

हाम्रो देशमा बेरोजगारी युवा धेरै छन् तर २ महिना रोजगारीको अवसर पाउँदा पाउँदै पनि बझाङमा भने राजनीतिक दलको दबाबले कार्यकर्तालाई भोट घट्छ भन्नेर दबाब दिई म्यादी प्रहरीमा भर्ना गर्न आउने संख्या कम भएको सरोकारवालाको भनाइ छ।

स्थानीय भन्छन्– ‘चुनाव आउँदै गर्दा हामीलाई विभिन्न रोजगारीका बहाना बनाई १ देखि २ महिनाको रोजगारी किन खानु भन्ने आश्वासन देखाई राजनीतिक दलकै लैलैमा लागेर म्यादी प्रहरीमा भर्ना हुन नआएको युवाहरूले बताएका छन्। म्यादी प्रहरी हुनका लागि १८ वर्ष पूरा भई ५३ वर्ष ननाघेको र भूपू प्रहरी र म्यादी प्रहरीलाई थप ग्राह्यता दिने जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्