पनौतिमा उम्मेदवार बन्न दौडधूप



 

काभ्रे,(नेस) । आगामी बैसाख ३१ गते हुन लागेको स्थानीय निर्वाचनका लागि पनौति नगरपालिकामा विभिन्न दलका तर्फबाट उम्मेदवारका आकांक्षीहरुको दौडधूप सुरु भएको छ । पनौतिमा नेकपा एमाले सबैभन्दा अगाडि उम्मेदवार छनौटका लागि भेला र बैठकहरुमा व्यस्त रहेको छ । अन्य पार्टीहरुपनि उम्मेदवारको बारेमा छलफलमा जुटेका छन् ।
पनौती नगरपालिकामा रमेश पौड्याल , भिम न्यौपाने, तुुई काजी ताम्राकार, डा अम्बु भवानी कार्की , बसुन्धरा हुमागाई लगायतको नाम चर्चामा रहेको छ । पनौती नगरपालिकामा एमालेबाट मेयरमा प्रमुख दाबेदार मानिएका ३० वर्षे शिक्षण सेवामा अनुभव संगालेका पौड्याल स्थानिय विद्यालयका पुर्व प्रधानध्यापक हुन् । अर्का आकांक्षी भीम न्यौपाने तत्कालिन कुशादेवि गाविसका पुर्व अध्यक्ष हुन । त्यस्तै तुईकाजी ताम्राकार संबिधान सभा निर्वाचनमा एमालेबाट समानुपातिक उम्मेदवार थिए । पार्टीले उम्मेद्वारको सबै पक्ष हेरेर पार्टीप्रति प्रतिबद्धता, इमान्दार र निष्ठापूर्वक काम गर्न सक्ने, दक्षता र कार्यक्षमता भएको व्यक्तिलाई उम्मेदवार बनाएको खण्डमा उनीहरुको जित सुनिश्चित हुने पार्टिका युवा कार्यकर्ताहरु बताउँछन् । एमालेले स्थायी कमिटी बैठक बाटै स्थानिय ठाउमा लोकप्रिय तथा जित्न सक्ने उम्मेद्वारलाई टिकट दिने गरि मापदण्ड तयार गरि चुनावमा होमिएकोले पौड्यालको संभावना बढेको स्थानीय एमालेहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्