सप्तरीका सञ्चारकर्मी यादव सम्मानित



शिवहरि प्रसाद भट्टराई, राजविराज ।

नेकपा एमालेको मेची–महाकाली राष्ट्रिय अभियानका क्रममा गत फागुन २३ गतेको सप्तरी झडपमा जोखिमपुर्ण एवम् निस्पक्ष रिपोर्टिङ्ग गर्ने सप्तरीका सञ्चारकर्मी वैद्यनाथ यादव सम्मानित भएका छन् ।
एभिन्युज टेलीभिजनमा सम्प्रेशण भएको भिडिओ फुटेजका आधारमा एएनटि–अस्ट्रेलिया (एसोसिएसन अफ नेपाल–तराई ईन अस्टे«लिया) नामक संस्थाले सोमवार सप्तरी सदरमुकाम राजविराजमा एक कार्यक्रमको आयोजना गरी यादवलाई सम्मान गरेको हो ।
एएनटि–अस्ट्रेलियाले पहल नेपाल संस्था मार्फत यादवलाई नगद २१ हजार र कदर पत्र सहित सम्मान गरेको हो । पहल नेपालका केन्द्रिय अध्यक्ष सरोज रायले एभिन्युज टेलीभिजनमा सप्तरीको घटनासँग सम्वन्धित प्रसारीत समाचार जोखिमपुर्ण अवस्थामा पनि सत्यतथ्यमा आधारीत भएकोले सम्मान गरीएको वताए ।
पत्रकार यादव विगत १८ वर्षदेखि सप्तरीलाई कार्य क्षेत्र वनाएर स्थानीय तथा राष्ट्रिय स्तरका मिडियाहरुमा पत्रकारीता गर्दै आएका छन् । उनी एभिन्युज टेलीभिजन, सप्तरी जागरण साप्ताहिक, सप्तरी जागरण अनलाईन मिडियामा आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्