अलपत्र सरकारी योजना गैह्सरकारी संस्थाले संचालनमा ल्यायो



गोकुल घोरसाइने, बारा ।
सरकारी कर्मचारीको लापर्वाहीले बिग्रिएर ३ बर्षदेखि अलपत्र सिचाई आयोजना संचालनमा आएपछि बाराको निजगढ नपा ११ का बासिन्दा लाभान्वित बनेका छन ।

भुमिगत जलस्रोत सिचाई विकास समिति वीरगंजले निर्माण गरेको र संचालन अघि नै बिग्रिएर अलपत्र परेको बोरिङ्ग जेजेवाइसी नामको गैह्सरकारी संस्थाले संचालनमा ल्याएपछि बर्षैदेखि पिउने र सिचाई पानी अभाव बेहोर्दै आएका जिल्लाको विकट लाल गाउ“का ४५ घर धुरी परिवारमा यतिबेला हर्षित छन ।

‘बिग्रेर थन्केको बोरिङ्गबाट पनि यसरी पानी निस्केला र प्रयोग गर्न पाइएला भन्ने सोचेका पनि थिएनौंं, स्थानीय अगुवा वीरबहादुर जिम्बाले भने, ‘तर सरकारी कर्मचारीले अलपत्र छोडेको योजना गैह्सरकारी संस्थाले पुरा गरेर देखायो ।’ स्थानीयको सहभागितामा संस्थाले बहुउपयोगी ढा“चाबाट विस्तार गरेर आयोजना पुन संचालनमा ल्याएपछि सिचाईसंगै पिउने पानी सुविधा समेत सर्वसाधारणको बर्षौ अघिको सपना साकार बनेको पनि उनले सुनाए ।

विकास समितिले १० लाख ९६ हजार रुपैया खर्च गरेर ०७० सालमा निर्माण गरेको र संचालन अघि नै बिग्रिएर थन्किएको सो आयोजना ४ लाख ६९ हजार रुपैयाँ थप लगानीमा संस्थाले हालै संचालनमा ल्याएको हो । जेजेवाइसीका मनोज यादव बिग्रेर अलपत्र बोरिङ्ग र अन्य पुर्वाधार मर्मतपछि ट्याङ्गकीमा पानी भण्डारण व्यवस्था मिलाएर छुट्टाछुटटै पाइपलाइनबाट ७ सार्वजनिक धारा र खेतमा सिचाईको लागि वितरण हुदै आएको बताउछन ।

बोरिङ्गले प्रति घण्टा १८ हजार लिटर पानी उत्पादन गर्ने र स्थानीयको २० बिगाहा खेतमा नियमित सिचाई सुविधा पुग्ने यादवले जानकारी दिए । विकास समितिले किसानलाई सिचाई सुविधा उपलब्ध गराउन बोरिङ्ग सहित ट्याङ्की र पाइप लाइन समेत विस्तार गरेको थियो । तर परीक्षण क्रममा पानी तान्ने मोटर जलेर बिग्रेपछि मर्मत खर्च रकम देखाउदै संचालनमा ल्याउन कर्मचारीको बेवास्ता गरेपछि आयोजना अलपत्र बनेको थियो ।

स्थानीयको अनुरोधपछि भुमिगत सिचाई कार्यालयको अनुमतिमा आयोजनामा संचालनमा संचालनमा ल्याएको संस्थाका प्राविधिक विवेक यादव बताउछन । कार्यालयले आफुहरुले संचालनमा ल्याउन नसकेको आयोजना मर्मत गरेर सुचारु गर्न लिखित पत्रमार्फत अनुमति दिएको पनि सुनाए । ‘आर्थिक रुपमा खर्चिलो र काम चुनौतिपुर्ण पनि थियो, यादवले भने, तर सरकारी लागानीको सदुपयोगसंगै गाउ“बासी पनि थप लाभान्वित हुने देखिएपछि आयोजनामा हात हालियो ।’ लक्ष्य अनुसार सफलता मिलेकोमा स्थानीय जस्तै आफुहरु पनि खुसी बनेको यादवको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्