प्रहरी प्रशसनकै मिलोमतोमा अबैध बालुवा उत्खनन



सिन्धुपाल्चोक, (नेस) ।

ईन्द्रावती नदीको दोलालघाट बाट मेलम्ची सम्म, सुनकोशी नदीको चेहेरे बाट नेपालथोक सम्म बालुवाको जति थुप्रो देखिन्छ त्यो वालुवाबाट हुने कारोवारमा प्रहरी प्रशासनको मिलोमतो हुने गरेको छ प्रति टिपर ३० हजार रुपैया सम्ममा विक्रि गरीने गरीएको बालुवा प्रहरीकै मिलोमतोमा अबैध तरीकाले उत्खनन भैरहेको छ ।

प्रतिदिन पाँचसय टिप भन्दा बढी बालुवा उत्खनन हुने यी ठाउमा ९० प्रतिशत अवैध तरिकाले उत्खनन भैरहेको छ । स्थानिय प्रहरी प्रशासनको यो बालुवाको थुप्रो राम्रो आम्दानीको स्रोत बनेको छ । नदि किनारामा मजदुरहरुले आफैले बालुवा निकालेका छन् भने ८ देखि १० हजार रुपैया प्रति टिप रकम लिन्छन् । स्थानिय गुण्डा, प्रहरी प्रशासनले दुख दिए भने थप तीन हजार रुपैया उनिहरुको लागि भन्दै प्रतिटिप उसुलिन्छ । खोला किनारामा क्रसर उद्योग राख्नेहरुले भने प्रतिटिप १२ देखि १४ हजार रुपैया लिन्छन् । मापदण्ड विपरित क्रसर उद्योग सञ्चालन तथा उत्खनन गरेबापत उनिहरुले प्रहरी प्रशासनलाई हप्तावारी रुपमा नियमित हजारौ रकम बुझाईरहेका हुन्छन् ।

सिन्धुपाल्चोकको सागाचोक–५ हाल गडी नगरपालीका ११ मा केशवराज गिरी सुदर्शन गिरी लगाएतले क्रसर उद्योग सञ्चालन गरेका छन् । प्रशासन संगको मिलेमात्तोमा नदिको वहावनै परिवर्तन गरि स्थानिय हरिवहादुर माझि, मानवहादुर माझि लगाएको जग्गामा असर पुग्ने गरि बालुवा निकाले । सिन्धुपाल्चोक र काभ्रेको सिमानामा रहेको यो नदिबाट यसरी बालुवा निकाल्दा स्थानियले विरोध गरेपनि प्रहरीले सुने नसुनै ग¥यो ।

उजुरी लिएर गएका स्थानिय बासिन्दालाई त्यहाका प्रहरीले माथिको आदेश भन्दै प्राकृतिक स्रोतको जसरी दोहन गरेपनि आखा चिम्लिदिए । नेपाल समाचारपत्र प्रतिनिधि त्यहा पुग्दा नदिको अधाभाग थुनेर पानि काभ्रेको किनारापट्टि पठाएको प्रष्ट देखिन्थो । बालुवा निकालेको नदिमा खाल्टो परेको ठाउमा ५० फिट भन्दा बढी गहिरो बनाइएको देखिन्थ्यो । बालुवा खोतल्ने मेसिन पुरै डुबेको देखिन्थ्यो ।

प्राकृतिक स्रोतमाथि दोहन गर्दै दैनिक कमाई हुने लाखौ रुपैयाँ स्थानियस्तर देखि प्रहरी प्रशासनको माथिल्लो निकाय सम्म भागवण्डा हुने गरेको स्थानिय बताउछन् । स्थानिय श्याम दनुवारले नेपाल समाचारपत्रलाई जानकारी दिए अनुसार प्रहरीको प्रत्यक पोष्टमा प्रति टिपर एकहजारको दरले रकम वुझाउनु पर्छ भने चौकीहरुले हप्तावारी रुपमा रकम असुल्छन् । साथै प्रहरीको माथिल्लो अधिकारीहरुलाई सेटिङ मिलाउन भन्दै विचौलियाहरुले हप्ताको लाखौ रुपैया लैजान्छन् । अनुगमन गर्ने बेलामा भने क्रसर व्यवसायीहरुले मोटो रकम खर्च गर्ने गरेको तीनले बताए ।

‘मेशिल लगाएर दुईदिन अवैध बालुवा उत्खनन गर्दा प्रशासनले आखा चिम्लिदिए पचासौ लाखको बालुवा निस्कन्छ’ स्थानिय भन्छन– तपाईहरुले कम्तिमा पनि चारदिन यहि बसेर सबै वुझ्नुभयो भने बास्तविकता छर्लङ्ग हुन्छ । यो सुनकोशी र इन्द्रावतीमा जसरी पानि बगेको छ अवैध बालुवा उतखनन् गर्ने र क्रसर सञ्चालन गर्नेहरुले त्यसैगरि प्रहरी प्रशासनलाई पैशा खन्याउने गरेका छन् ।

सुनकोशी र इन्द्रावती नदिमा चेहेरेदेखि नेपालथोक सम्म र दोलालघाट देखि मेलम्चि सम्म मात्र एकसय भन्दा ठाउमा बालुवा निकालिन्छ । दोलालघाट पारि कोशीपारिको पुरानो बजारमा सिजनमा स्थानिय गुण्डाहरुले मात्र एक दिनमा तीनलाख रुपैया सम्म उठाउने स्थानिय बताउछन् । प्रति टिपर तीनहजारको दरले उठाएको उक्त रकमा प्रहरी चौकीहरुमा पनि भाग लगाउने गरिएको उनिहरुको भनाई छ । बालुवाखानि सञ्चालन बारे अनुगमन गर्न वेला बेलामा सरकारी टोलि आउने भएपनि उनिहरुले मोटो रकम लिएर अवैधलाई बैध भन्ने गरेको स्थानिएको गुनासो छ

प्रतिक्रिया दिनुहोस्