नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित



चैत, १४ काठमाडौं ।

एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ ।

खेलका क्रममा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले पार्टटाइम बलरको रुपमा २ विकेट झारे भने युवा स्टार सन्दिप लामिछानेले पनि २ विकेट लिए ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल ३, सागर पुन ४ र दिपेन्द्र सिंह ऐरी १४ रनमा समेटिएका थिए । यसैगरी सुनीलले १२६ बलमा ४३ र शरदले ५८ बलमा ३८ रनको योगदान गरेका थिए । त्यस्तै विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारीले १ छक्का प्रहार गर्दै ३१ बलमा २४ रन जोडेका थिए । आरिफ शेखले भने १८ रन बनाएका थिए ।

प्रतियोगिताकोआफ्नो पहिलो खेलमा खासै राम्रो पस्तुती गर्न सकेन । मंगलबार हुने आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्