बाबु आमाले छाडेपछि वालवालीकाको विचल्ली



दिपेन्द्र शर्मा, जाजरकोट ।
जाजरकोटका एक दलित परिवारका वालवालीकाहरु इतिबेला विचललीमा परेका छन । वावुको मृत्यु तथा आमाको अन्यत्र विवाह भएपछि उनिहरुको विचल्ली भएको हो । आमाको अन्यत्र दोस्रो विवाह भए संगै यी वालवालीकाहरुले गाउलेको घरमा मागेर खाने गरेका छन ।

जाजरकोटको वारेकोट विषेश गाँउपालीका १ रामीडाडा सिता विक र पार्वती विकले वावु गुमाएको ९ वर्ष भयो । सिता र पार्वती गर्भमा हुदा उनका वावु हरिमल कामीको मृत्यु भयो । वावुको मृत्यु भएको ८ महिना पछि जन्मएकी जुम्ल्याह छोरी सिता र पार्वतीको पालन पोसन गर्दै वसेकी उनकी आमा काली कामी वालवालीकाहरु लाई पाल्नकै लागी कहिले भारत कमाई गर्ने तथा कहिले गाँउमा मागेर जोह गर्ने गर्थिन ।

श्रीमान हरिमलेको मृत्यु भएको तिन वर्षमा गाँउकै एक जना संग वसउठ गर्दा एक वच्चा जन्माउन पुगिन । गाँउलेको दवाव सहेर भए पनि पहिलाका श्रीमान हरिमललेवाट जन्मीएका २ छोरा, ४ छोरी र गाँउकै दोस्रो जनावाट जन्मीएको मदन विक लाई कसैले नहेर्दा पनि धौ धौ पालन पोषन गरिरहेकी थिइन । जव काली कामीले अन्यत्र अर्को विवाह गरिन ती वालवालीकाहरुको विचल्ली भयो ।

वावु हरिमलेको मृत्यु तथा आमा काली कामीले अन्यत्र विवाह गरेपछि १२ बर्षीय छोरा शिव नेपाली, ९ वर्षीय सिता विक, ९ वर्षीय पार्वती विक र ६ वर्षीय मदन नेपाली विचल्ली भएको हो । गाँउकै अर्को जनावाट जन्मीएको मदन लाई उनका वावुले कहिले पनि हेरचाह गरेका छैनन ।
“आमाले अन्तै विहे गरिन, अर्को घरको भाई पनि हामी संगै वस्छ’ शिवले भने, ‘हामीले मागरे खाएका छौं ।’ आमा त अर्को घरमा गइन तर दोस्रो घरको भाई लाई आफुहरुसंगै छोडदा सानो ६ वर्षको भाईलाई समेत राम्रो संग खुवाउन नसकेको उनले वताए । सानो भाई लाई उसका वावुले लिन्छन न त आमाले नै लगिन आफै वाच्न धौ भएको वेला यसलाई कसरी पाल्ने शिवले भने । घरमा ठुलो मान्छे कोही नहुदा राम्रो सग खाना पाएको छौ नत विद्यालय जान पाएका छौ शिवले वताए ।

वावुको नाममा भएको जमिन वाट हुने उत्पादनले यो परिवार लाई एक महिना मात्र खाना पुग्ने गर्छ । सम्पतीको नाममा सानो खरले छाएको एक कोठा भएको गाइ संगै वस्ने छाप्रो छ । कालीले भारत जाने कमाएर ल्याउने वालवालीका लाई पाल्ने गर्थिन । गत मसिंरमा अन्तै विवाह भएपछि वालवालीका विचल्लीमा परेका हुन ।

आमाले अर्को विवाह गरी घर छोडदा यो परिवारका वालवालीकाहरुले नियमित विद्यालय जान छाडेका छन । वालवालीकाहरु नियमित विद्यालय नआउने गरेको कालीका आर्दश माद्यमिक विद्यालय रामीडाडाका प्रधानध्यापक पृथ्वीराज ज्योतीले वताए । घरमा भएका गाई चराउन सिता र पार्वती पालो गरेर जंगल जाने तथा विद्यालयमा पनि आलोपालो गरेर कहिलेकाही मात्र आउने गरेको प्रधानाध्यापक ज्योतीले वताए ।

विचल्लीमा परेका शिव नेपाली कक्षा ४, सिता विक र पार्वती विक कक्षा २ मा भर्ना भएको ज्योतीले वताए । कापी कलमको समस्याले विद्यालय नआएको थाहा पाए पछि विद्यालयले वालवालीहरु लाई कापी र कलमको ब्यवस्था गरेको उनले वताए । विद्यालय ब्यवस्थापन समितिको वैठक वाट निर्णय गरि शिक्षक तथा ब्यवस्थापन समितिका पदाधिकारी र विद्यालयले मिलेर २८ हजार नगद जम्मा गरेर अक्षयकोषको स्थापना गरिएको ज्यातिले जानकारी दिए ।

विपन्न तथा टुहुरा वालवालीका लाई साहायता कोष स्थापना गरिएको उनले वताए । अक्षयकोषको ब्याज वाट आउने रकम गरिव विपन्न तथा टुहुरा वालवालीका लाई कापी कलम किन्न सहयोग गर्ने गरिएको ज्योतीको भनाइ छ । अहिले यो कोषवाट शिवको भाई वहिनी हरुलाई मात्र सहयोग गरिएको र आगामी वर्षदेखि वढाउदै जाने उनले वताए । शिव ,सिता ,पार्वती र उनका भाई वहिनीहरु लाई विद्यालयले आगामी शैक्षिक शत्र देखि विद्यालय ड्रेसको पनि ब्यवस्था गरिने विद्यालयको योजना रहेको प्रअ ज्योतिले वताए ।

प्रतिक्रिया दिनुहोस्