वन कार्यालयकै मिलोमतोमा काठ तस्करी



मोतीराम तिमल्सिना, काभ्रे ।

काभ्रेपलाञ्चेकममा जिल्ला वन कार्यालयकै मिलोमतोमा तस्करी हुने गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पछिल्लो समय काठको अबैद्य ओसार पसार तथा विक्री वितरण गर्ने ब्यक्तिहरुलाई पक्राउ गर्ने तर जिल्ला बन कार्यालयले भने पक्राउ परेका ब्यक्तिहरुलाई कम सजायँमा छाडिदिएको खुलेको हो ।

जिल्ला प्रहरी प्रमुख सहकुल बहादुर थापाका अनुसार गत पुष १२ गते पाँचखाल नगरपालिकाको फेदी बजारमा रहेको तेजप्रसाद न्यौपानको फर्निचरबाट अबैद्य रुपमा लुकाई राखिएको ५ सय २१ थान गोलिया साल जातको काठ बरामद भएको थियो । प्रहरीले बरामद काठ र न्यौपानेलाई जिल्ला बन कार्यालयलाई बुझाए पनि बन कार्यालयले कम सजायँको माग दावी गर्दै फितलो अनुसन्धानका गरी धरौटीमै धरौटीमा छोडीदिएको थियो ।

त्यस्तै पुष १९ गते पनौती नगरपालिका खोपासीमा उतिस जातको ४५ थान र मलात्तो जातको १६ थान गरी ६१ थान गोलिया बरामद भएको थियो । मकवानपुर ठिंगन गाविस वडा नम्वर ५ बस्ने आशिष तामाङ काठसँगै पक्राउ परेका थिए । पुष २६ गते पनौती बनेपा सडक खण्डबाट ७४ थान काठ मिनी ट्रक सहित बरामद भएको थियो ।

राम काष्ठ उद्योगमा चेक जाँच गर्दा चिलाउने, पैयु र उत्तिस जातको अबैद्य काठ फेला पारेको प्रहरीले जनाएको छ । सरकारले भुकम्प पीडितहरुका लागि सहुलियत दिएको भए पनि कागजात मिलाउन नसक्दा प्रहरीको चेकजाँचमा केहि भुकम्प पीडितहरु पनि परेका छन् ।

प्रहरी कारवाहीमा माघ २३ गते पाँचखालबाट १९ थान बरको काठ चिरान गरिएको अवस्थामा फेला परेको थियो । काठ ओसार्न प्रयोग भएको ट्रक र चालक सहित पक्राउ परेका थिए । त्यस्तै फागुन १३ गते उत्तिस जातका ७ थान, खोटेसल्ला १५ थान र पैयु जातका २१ थान काठ प्रहरीले पनौती पाटीखर्कबाट बरामद गरेको थियो ।

प्रहरीले फागुन २३ गते दाप्चा काशिखण्ड नगरपालिकाबाट साल जातको ५२ थान गोलिया काठ बरामद गरेको थियो ।

जिल्ला बन कार्यालयका कर्मचारीहरुको मिलेमत्तोमा जिल्लाका विभिन्न स्थानमा अबैद्य काठको विक्री वितरण र ओसार भईरहेको पुष्टि भएको छ । तर जिल्ला बन कार्यालय प्रहरीले बरामद गरेका ब्यक्तिहरुलाई सामान्य सोधपुक्ष र कारावाही मार्फत नै छाडिदिन थालेको छ । प्रहरी पक्राउ गर्छ बन सामान्य अवस्थामा छाडिदिने गरिरहेका कारण जिल्लाबाट काठ तस्करी मौलाउँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्