कञ्चनपुरका सहिद परिवारलाई जापानबाट आर्थिक सहयोग



टोकियो (जापान), १४ चैत । सीमा रक्षा गर्ने क्रममा भारतीय एसएसबीको गोली प्रहारबाट सहिद भएका कञ्चनपुरको पुनर्वास–८ नमुनाटोलका ३२ वर्षीय गोविन्द गौतमको परिवारलाई जापानबाट आर्थिक सहयोग गरिएको छ ।

सहिद परिवारको सम्मानार्थ नेपालीभूमि रक्षाका लागि लड्ने क्रममा सहिद भएका नेपालीलाई राहतस्वरुप चलाइएको अभियानमा सङ्कलित ७२ हजार जापानी येन आइतबार पठाइएको हो ।

अभियानमा ज्याक खड्का, यदुराम सापकोटा र जापानबाट सञ्चालित टप नेपाल अनलाइनले छुट्टाछुट्टै १०÷१० हजार जापानी येन सहयोग गरेका थिए । दुई हजारदेखि ५ हजार जापानी येनसम्म दिने सहयोगी हातहरु बढ्दै गएका कारण अभियान शनिवारसम्म लम्बाइएको थियो ।

सङ्कलित रकम नेपालमा सहिद परिवारले आइतबारै बुझेको अभियानकर्ता ज्याकले बताए । उनका अनुसार ७२ हजार जापानी येनको नेपाली रुपैयाँ ७० हजार ५ सय ५० सहिद परिवारलाई पठाइएको हो ।

दुई साता अघि पनि जापानवासीले गरिबी र आ“खा नदेख्ने भएर खान लाउन समस्यामा परेका सप्तरी गम्हरियाका शिवनारायण मण्डल परिवारलाई राहतस्वरुप १ लाख १४ हजार ४ सय ६६ जापानी येन पठाएका थिए । रोजगारी, अध्ययन तथा विभिन्न पेसा व्यवसायमा आवद्ध यहाँका नेपालीले समस्यामा परेका आफ्ना देशवासीलाई सक्दो सहयोग गर्दै आएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्