आर्थिक अभावमा काल कुर्दै विरामी



अनिल खत्री, गुल्मी ।
आर्थिक समस्याका कारण गुल्मीमा एक व्यक्ति मृत्युलाई कुर्दै बसेका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका–८, तुराङ गाउँका २९ वर्षिय मेघबहादुर कुमाल आज भन्दा १३ वर्ष अघि भारतको जोधपुरमा मोटर साईकल दुर्घटनामा गम्भीर घाईते भएका थिए । उनलाई चन्दा उठाएर त्यहाँ भएका नेपालीहरुले घर पठाएका थिए । अत्रात गाडीको ठक्करबाट घाईते कुमाललाई आर्थिक समस्या भएपछि काल कुरेर बस्नु परेको छ । खुट्टा र ढाडमा गम्भीर चोट लागेर घर आएका उनलाई उनकी श्रीमति माया कुमालले उपचार गर्न सकिनन् ।

पुरै घरवास बेचे पनि उपचार सम्भव नभए पछि दिन प्रति दिन गल्दै गएका कुमालको शरिर अहिले कुहिदै जान थालेको छ । ओछ्यानमै दिशा पिशाव गरेर लडि रहेका कुमालको उद्धारका लागि छिमेकी गाउँ वलिथुमका समाज सेवी लव्सन महतले सञ्चार माध्यम संग आग्रह गरेका छन् । तिन महिना पनि खान नपुग्ने जमिन नभएका कुमाल परिवारमा विहान वेलुकाको चुलो चलाउने उनकी श्रीमति माया कुमालको भरमा मात्र रहेको छ । उनको श्रमानको डाढको घाउ पाकेर घरै दुर्घन्धीत हुने गरेको छ । विचरी माया आफ्नो श्रीमानको ख्याल गरेर बसुनकी अरुको निमेक गरेर दुई छाक टारुन ?

गहभरी आँशु पार्दै मेघलाल भन्छन् ‘ म मरे पनि मेरो छोरा पढाई दिने मान्छे कोहि भई दिए धन्य हुने थियो ।’ श्रीमति माया भने कुहेको शरिर भए पनि श्रीमानलाई सधै बाँचेको देख्न चाहन्छीन् । भक्कानो छाड्दै भनिन ‘बरु मेरो मुटु विक्रि हुन्छ भने विक्रि गरी दिनुस, म मेरो श्रीमानलाई मेरो आँखा अगाडी गुमाउन सक्दीँन ।’

प्रतिक्रिया दिनुहोस्