गायक पौडेल सम्मानित



लोकदोहोरी गायक नवीन पौडेललाई लुम्बिनी अञ्चलको प्रतिनिधित्व गर्दै लोकसंगीतमा योगदान पुर्याएबापत नुर गंगा प्रतिभा पुरस्कार–२०७३ प्रदान गरिएको छ। नुर गंगा प्रतिभा पुरस्कार गुठीले राजधानीमा अयोजित एक समारोहबीच उनलाई ३० हजार रुपियाँ नगदसहित सम्मान गरेको हो।

पूर्वप्रधानमन्त्री एवम् साहित्यकार लोकेन्द्रबहादुर चन्द र संस्थाका संरक्षक अमिर प्रताप जबराले सम्मानपत्र र नगदसहित शनिबार सम्मान गरिएको हो। गायक पौडेल करिब २ दशकदेखि नेपाली लोकसंगीतमा सक्रिय छन्। उनलाई पछिल्लो गीत युवा पलायन भैदिए भने देश धान्ने कल्ले हो गीतले थप चर्चामा पुर्याएको छ। उनको पछिल्लो गीत के सम्झनु छ र जान्न मत त्यो घर, यस्तै हुन्छ भन्न ेभा, म परेँ पाल्पाको, दुःखका दिन गए नयाँ पार्टी खोल्छुलगायतका चर्चित गीत गाएका छन्। अन्तर्राष्ट्रिय कलाकार मञ्चका उपाध्यक्ष, प्रस्तोता समाज नेपालका कार्यकारी सदस्य, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपालका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका पौडेललाई लुम्बिनी अञ्चलभरका उत्कृष्ट कलाकारका रूपमा सम्मान गरिएको गुठीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्