राष्ट्रपति भारत जाने



काठमाडौं, (नेस)
राष्ट्रपति विद्यादेवी भण्डारी आउँदो वैशाख ४ गते छिमेकी भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ। भारतका राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यसतर्फ जान लाग्नुभएको हो।

उहाँले भारतमा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायतलाई शिष्टाचार भेट दिनुहुनेछ। उहाँ वाराणसी पनि जाने कार्यक्रम रहेको बताइएको छ।

राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा केही समझदारीमा हस्ताक्षर हुने सम्भावना रहेको बताइए पनि अन्तिम टुंगो लागिनसकेको कूटनीतिक स्रोतहरूले बताएका छन्। गत वर्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा राष्ट्रपति भण्डारीको भारत भ्रमण अन्तिम समयमा आएर रद्ध भएको थियो।

प्रतिक्रिया दिनुहोस्