आगोले पोल्दा बालकको मृत्यु



जाजरकोट, (नेस)
जाजरकोटमा आगोमा परी एक बालकको ज्यान गएको छ। आगोले जलेर घाइते भएका बारेकोट गाउँपालिका–८ सक्लाका जयबहादुर विश्वकर्माका छोरा सात महिनाका वसन्त विश्वकर्माको मृत्यु भएको छ। विकको उपचारका लागि स्थानीय स्वास्थ्य संस्था लैजाँदै गर्दा आइतबार बाटोमै ज्यान गएको हो।

घरको खाना बनाउने चुलो नजिकै सुताएका वसन्त ओछ्यानबाट पल्टिएर चुलोमा पर्दा पोलिएको बालकका ठूलो बुबा हृदयमान विश्वकर्माले बताए। बालकका बाबु मजदुरीका लागि भारत गएकाले घरमा उनलाई छोडेर आमा काममा गएको विकले बताए।

घरमा एक्लै रहेकी आमाले छोरालाई चुलोको अगेना नजिकै सुताएर जंगलमा घाँस काट्न गएको बेला आगलागी भएको हो। भर्खर बामेसर्न थालेको बच्चा ब्युँझेपछि सर्दै आगेना पुगेको र कपडामा आगो सल्किएपछि सो घटना भएको हो। घाइते बच्चालाई उपचारका लागि दल्लीस्थित प्राथमिक स्वास्थ्य केन्द्र लिने क्रममा बाटोमै ज्यान गएको ठूला बुबा हृदयमान विश्वकर्माले बताए।

प्रतिक्रिया दिनुहोस्