श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु



रामधन राई, खोटाङ,
श्रीमानले लाठी प्रहार गर्दा खोटाङ दिप्रुङ गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । सामान्य घरायसी बिवाद हुँदा दिप्रुङ–४ बतासेका ५७ वर्षीय कैलास राईको लाठी प्रहारबाट ४५ वर्षीया मैयाँ राईको मृत्यु भएको हो ।

बिहिबार कुटिएकी मैयाँको दोश्रो दिन मुत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका मुद्धा शाखाका प्रहरी नायब निरिक्षक मनोज यादवले बताउनुभयो । कुटपिटबाट श्रीमतीको मृत्यु भएपछि कैलासलाई प्रहरीले शुक्रबार नै पक्राउ गरेको छ । उनले श्रीमतीलाई लाठीले टाउको लगायत शरीरका ठाउँमा कुटपिट गरेको प्रहरीले जनाएको छ ।

कुटपिटका कारण श्रीमतीको मृत्यु भएपछि पक्राउ परेका कैलास बिरुद्ध कर्तव्य ज्यान मुद्धा चलाइएको प्रहरी नायब निरीक्षक यादवले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्