स्थानीय चुनावका लागि १५४ मतदानस्थल



गुलरिया (बर्दिया), १३ चैत । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि बर्दियामा ३५५ मतदान केन्द्र र १५४ मतदानस्थल कायम गरिएको छ ।

निर्वाचन प्रयोजनका लागि जिल्लामा वैशाखको पहिलो हप्ताभित्र निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना गरिने जिल्ला निर्वाचन कार्यालय, बर्दियाले जनाएको छ ।

यसअघि २०७० सालको संविधानसभा चुनावमा ३१३ मतदान केन्द्र र १४७ मतदानस्थल रहेको थियो ।

निर्वाचनमा दुई लाख ५९ हजार दुई जना मतदाताले मतदान गर्न सक्ने प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । तीमध्ये एक लाख ३० हजार २७७ महिला, एक लाख २८ हजार ७२० पुरुष र पाँछ जना तेस्रोलिङ्गी गरी कुल दुई लाख ५९ हजार दुई जना मतदाता रहेका जिल्ला निर्वाचन कार्यालय बर्दियाका प्रमुख पवनकुमार शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्