मुलुकलाई आत्मनिर्भर बनाउन निर्वाचनको विकल्प छैन्– महासचिव पोख्रेल



पोखरा, १३ चैत । नेकपा (एमाले)का महासचिव ईश्वर पोख्रेलले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गराउनका लागि एमालले सरकारलाई सहयोग गर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले देशमा राजनीतिक सङ्क्रमणको अन्त्य तथा संविधान कार्यान्वयनसहित मुलुकलाई आत्मनिर्भर बनाउन निर्वाचनको विकल्प नरहेको बताउनुभयो ।

महासचिव पोख्रेलले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि जिम्मेवार राजनीतिक दलका हैसियतले एमाले क्रियाशील रहेको उल्लेख गर्दै कुनै पनि बहानामा निर्वाचन प्रभावित बन्न नहुनेमा जोड दिनुभयो ।

पार्टीको नीतिअनुसार जनताले पत्याएका र लोकप्रिय नेता तथा कार्यकर्ताले नै निर्वाचनमा उम्मेदवार बन्न सक्ने स्पष्ट पार्दै उहाँले उम्मेदवार चयनका लागि केन्द्रबाट कुनै दबाब नदिइने विश्वास व्यक्त गर्नुभयो ।

महासचिव पोख्रेलले एमालेले सञ्चालन गरेको मेचीकाली अभियानअन्तर्गत यसअघि स्थगित भएका प्रदेश नं २ का कार्यक्रम यही चैत १६ र १७ गते सञ्चालन गरिने जानकारी दिदैं मधेस, पहाड र तराईलाई छुट्याउने गरी पेस गरिएको संविधान संशोधन प्रस्तावमा आफ्नो पार्टीले समर्थन गर्न नसक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्